adv

जनता समाजवादी पार्टी ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ को पक्षमा

दमक, १० फागुन ।


जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश नम्बर १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ ।

पछिल्लो समय प्रदेश नम्बर १ को नामाङ्कनको विषयले चर्चा पाइरहेको बेला जसपाले प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक राजनीतिक पुष्ठभूमि, पहिचानको आधारमा ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नु पर्ने बताएको हो ।

अध्यक्ष प्रवीण चाम्लिङले मंगलबार जारी गरेको विज्ञप्तिमा प्रदेश नामाकरण सम्बन्धमा २०७७ असोज २३–२४ गते नै निर्णय गरिएको उल्ल्खे गर्दै प्रदेश १ को नामाकरण पहिचानको आधारमा नै हुनु पर्दछ भन्नेमा जसपा स्पष्ट र प्रतिवद्ध रहेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ– ‘मौलिक सभ्यता, ऐतिहासिक राजनीतिक पुष्ठभूमि, पहिचानको मागलाई सम्बोधन गर्दै प्रदेश नम्बर १ लाई ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ नामाकरण गर्नु पर्दछ ।’

पूर्ण सङ्घीय नेपाल निर्माणको लागि जसपाले निरन्तर सडक र सदनबाट दवाव दिने कार्य गरेरको र आफ्नो सरकार रहेको मधेस प्रदेशमा कार्यान्वयन गरेर देखाएको विज्ञप्तिमा जनाइएको छ ।

हाल प्रदेशको नामाकरण बारे भइरहेको वहस र छलफलले राजनीतिक सरगर्मी ल्याएको भन्दै जसपाले पछिल्लो राजनीतिक घटनाक्रमहरुलाई स्वागतयोग्य भन्दै गम्भीरताका साथ लिएको उल्लेख छ ।

आज मंगलबार नै प्रदेश नम्बर १ सरकारले प्रदेशको नामाकरण बारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ । मुख्यमन्त्रीको कार्यालयमा ढाकिएको सर्वदलीय बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरु, संसदीय दलका नेताहरु सहभागी हुने छन् ।

प्रदेश सरकारमा सहभागी गठबन्धन दलहरुले यसअघि नै प्रदेशको नामाकरणबारे सर्वसम्मत प्रस्ताव लैजाने सहमति गरेका छन् । मुलुकका ७ वटा प्रदेशमध्ये अब प्रदेश १ को मात्रै स्थायी नामाकरण हुन बाँकी छ ।

गठबन्धनतर्फबाट राजेन्द्रकुमार राई मुख्यमन्त्री भएयता प्रदेश सरकारले नामाकरणको विषयलाई प्राथमिकता दिएको छ । गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आबद्ध छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु