गोबिन ल्वागुन, शिवसताक्षी । नेकपा (एकीकृत समाजबादी)का केन्द्रिय उपमहासचीब तथा प्रबक्ता जगन्नाथ खतिवडाले स्थानीयतहको निर्वाचनमा गठबन्धनमा आफ्नो पाटीलाई सम्मान जनाक स्थान नदिए एक्लै चुनाबमा भाग लिने बताए ।

सोमबार झापाको दुधेमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रबक्ता खतिवडाले उक्त कुरा बताएका हुन । गठबन्धनले प्रत्येक पालीकामा प्रमुख पदमा कंगेस र माओबादी केन्द्रले मात्र पाउन् पर्ने दम्ब देखाए आफ्नो पाटी एक्लै भए पनि चुनाबमा भाग लिने बताए ।
आसन्न स्थानीयतहको निर्बाचनलाई लक्षित गरि आयोजना गरिएको सो कार्यक्रममा प्रबक्ता खतिवाडाले शिबसताक्षीमा नेकपा एसले प्रमुख पद पाउनुपर्ने जिकिर गरे । शिवसताक्षीको हकमा प्रमुख पदको लागी नबिन इजमको बिकल्प नभएको समेत उद्योष गरे । यस बिषयमा शिर्ष नेताहरु संग छलफल भइरहेकोले सबै कार्यकर्ताहरुलाई धर्य गरि पाटीलाई जिताउन आग्रह गरे ।

फरक प्रशंगमा उनले नेकपा एमालेमा ओली प्रबृति हाबी भएको र निरङकुस तर्फ उन्मुख हुन थाले पछि आफुहरुले बिद्रोह गर्नु परेको स्मरण गराए । अहिले नेकपा एस पाटी केन्द्र सरकारमा सहभागी छ भने प्रदेश १ र बागमती प्रदेशको सरकार प्रमुखको नेतृत्व गरिरहेको अवस्थामा छ ।
अव असन्न स्थानीय तहको पनि नेतृत्व गर्ने अवसर एस पाटीलाई जनताले दिनुपर्ने प्रबक्ता खतिवडाले बताए । उक्त बृहत कार्यकर्ता भेलालाई केन्द्रिय सदस्य तथा झापा इन्चार्ज इन्द्र बुडाथोकी, केन्द्रिय सदस्य तथा झापा सह इन्चार्ज निलमणी बराल, पोलिटब्युरो सदस्य भास्कर काफ्ले लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रमका सभाध्यक्ष समेत रहेका पाटीका नगर अध्यक्ष नबिन इजमले आफु नगरको नेतृत्व गर्न सक्षम रहेको उद्योष गरे । आफुले ५ बर्ष वडाध्यक्षको जिम्मेवारी निर्बाह गर्दा धेरै अनुभब हासिल गरेको बताए । यदि आफुले नगर प्रमुखको नेतृत्व गर्ने अवसर पाएमा नगरमा स्वस्थ्य, शिक्षा, बिद्युत, खानेपानी ,सडक संजालको लगायत जनताको आधरभुत आवश्यताको पहँचमा सबै नागरिकलाई पुर्याउने प्रतिबद्धता जनाए । भेलामा एक हजार भन्दा बडि कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

