adv

हुकुमसिंह राई सर्वसम्मत अध्यक्षको उम्मेद्वार

दमक, ५ वैशाख ।


नेपाली कांग्रेस कमल गाउँ कार्य समितिले आसन्न स्थानीय तह निर्वाचनमा कमल गाउँपालिकाको अध्यक्षका लागि हुकुमसिंह राईलाई सर्वसम्मत उम्मेद्वार सिफारिस गरेको छ ।

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि र प्रदेश नम्बर १ सदस्य रहेका राई स्थानीयस्तरमा चिनिएका सामाजिक व्यक्तित्व हुन् । उनी कमल ५ स्थित आदिवासी रंगशाला तथा स्मृतिपार्क प्रतिष्ठानका अध्यक्षसमेत हुन् ।

राई गत २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेद्वार बनेका थिए । नेकपा एमालेकी उम्मेद्वार मेनुका काफ्लेसँग बराबरी मत पाएर पनि गोलप्रथामा उनी पराजित भएका थिए ।

उम्मेद्वारका रूपमा पार्टीबाट सिफारिस भएपछि राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै चुनावी अभियानलाई सार्थक र परिणाममुखी बनाउने बताएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु