
नवनिर्वाचित समिति
झापा,६ बैशाख। झापा जिल्ला फुटबल संघको अध्यक्षमा पुनः भगीरथ आले निर्वाचित भएका छन् ।
सोमवार भएको साधारण सभाले आलेको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
जिल्ला संघको उपाध्यक्षमा टिकाराम प्रसाई, मनेश दाहाल र सञ्जय राई निर्वाचित भए ।
महिला सदस्यमा पूर्णमाया सुब्बा र अन्य कार्यसमिति सदस्यमा जिवनकुमार दर्जी, टेकराज सुब्बा, बसन्त श्रेष्ठ, अमिरकुमार श्रेष्ठ, नागेश्वरबिक्रम नेम्वाङ्ग, बुद्धराज लिम्बु, किशोर कार्की र सन्तोष राई सर्वसम्मत निर्वाचित भए ।

