adv

बिआरआई परियोजनाले गति लिँदैछ : चिनियाँ राजदूत यान्छी

दमक, ९ वैशाख ।

चिनियाँ राजदूत हउ यान्छी । फोटो : नेपालस्थित चिनियाँ दूतावासको वेबसाइटबाट साभार ।

नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले पछिल्ला दिनहरुमा चीन–नेपालबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाले गति लिँदै गएको समेत खुलासा गरेकी छन् ।

बिहीबार साँझ अनलाइन पत्रकार सम्मेलन गरेकी राजदूत यान्छीले बीआरआई परियोजना ब्लु प्रिन्टबाट वास्तविकतातर्फ उन्मुख हुँदै गएको खुलासा गरेकी हुन् ।

यद्यपि नेपाली पक्षले पछिल्लो समय बीआरआई बारे केही खुलासा गरेको छैन ।

यान्छीले जारी गरेको वक्तव्यमा बीआरआई दुई देशबीचको सहयोग आदान–प्रदानमा एक बहुआयामिक विषय भएको उल्लेख छ ।

उनले यसलाई ट्रान्स–हिमालयन–बहु–आयामी–कनेक्टिभिटी–नेटवर्क हो भनेकी छन् । जसले चीन र नेपालबीच मज्बुद सम्बन्ध विकास, नरम–संचार र हृदय आदान–प्रदानका रूपमा काम गर्ने दावी गरिएको छ ।

राजदूत यान्छीले नेपाली उत्पादनलाई चीन निर्यातमा सघाउने आस्वासन पनि दिएकी छन् ।

उनले बन्दरगाहबाट चीनतर्फ निर्यात पुनः सुरु गर्ने नेपाली पक्षको चाहनालाई चिनियाँ पक्षले उच्च महत्व दिएको बताएकी हुन् ।

दुवै पक्षका सम्बन्धित निकाय, छिमेकी प्रदेश र सीमा बन्दरगाहका अधिकारीले सञ्चार र समन्वय गरिरहेका भन्दै यान्छीले सीमालगायत सबै मामिलामा कूटनीतिक माध्यमबाट कुराकानी गरी समाधान गरिने बताएकी हुन् ।

कोभिड–१९ महामारीबाट मुक्त भई नेपालको अर्थतन्त्र र समाज सामान्य अवस्थामा फर्किएपछि चीन र नेपालबीचको सहकार्यले गति लिने विश्वास व्यक्त गरेकी छन् ।

यानछीले नेपाली पक्षले निष्पक्ष र पारदर्शी व्यापारिक वातावरण प्रदान गर्न, चिनियाँ उद्यमहरूको वैधानिक हक र हितको पूर्ण संरक्षण गर्न तथा उनीहरूका व्यावहारिक समस्याहरू समाधान गर्न मद्धत गर्नेमा आफू ढुक्क रहेको बताइन् ।

नेपाल र चीनबीचको सिधा उडान पुनः सञ्चालन हुने बारे चर्चा गर्दै यान्छीले कोरोना संक्रमण बढेका बेलामा नेपालले चीनसँगको सीधा उडान बन्द गरेको र हालसम्म त्यसलाई नखुलाएको बताएकी थिइन् । नेपाली विद्यार्थीलाई चीन फर्काउने विषयमा समस्या नरहेको उनको भनाई थियो ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु