adv

इलाममा पाँच दलीय गठबन्धन संकटमा

जसपा गठबन्धनबाट बाहिरिने संकेत

९ वैशाख, इलाम ।


बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि गठबन्धनमा रहेका दलहरुले निरन्तर छलफल गर्दै आएका छन् । तर गठबन्धनमा आवद्ध ठूला दलले गठबन्धनको मर्म नबुझिदिँदा भने साना दलहरुले अस्तित्व रक्षाका लागि एकल उम्मेद्वार चयन गर्दै अघि बढ्न थालेका छन् ।

इलाम जिल्लामा गठबन्धनभित्र रहेका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले १० वटा स्थानीय तहको प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष बाँडफाड गरिसकेको सार्वजनिक गरेको छ । तर जनता समाजवादी पार्टी नेपाललाई भने कुनै पनि स्थानीय तहको प्रमुख वा अध्यक्ष दिइएको छैन ।

जिल्लामा १० वटा स्थानीय तहमध्ये माङसेबुङ गाउँपालिकाको उपाध्यक्षसहित जिल्लाभरीमा ७ वटा वडाध्यक्ष र २५ वटा सदस्यको प्याकेजमा सहमति भइसकेको र अन्य वडा र वडा सदस्यमा चार दलको सहमतिमा टुङ्गो लगाउने निर्णय भएको जनता समाजवादी पार्टी नेपाल प्रदेश नम्बर १ का कोषाध्यक्ष विनोद नेम्बाङले बताए ।

नेम्बाङले भने– ‘तर गाउँनगरको प्रमुख र उपप्रमुखको मात्र सहमति भएको भनेर गठबन्धनले बाहिर ल्याएको कुरामा हाम्रो बिमति छ ।’ निर्वाचनमा पार्टी एक्लै पनि लड्न सक्ने सम्भावनातर्फ इंगित गर्दै ‘आवश्यक परेको खण्डमा आफै पनि उम्मेद्वार हुन्छु’, उनले भने ।

नेम्बाङले पाँच दलीय गठबन्धन इलाममा पनि संकटमा भनेर सामाजिक सञ्जाल फेसबुकमा स्टाटस नै लेखेका छन् । यसलाई इलाममा जसपा गठबन्धनबाट बाहिरिन सक्ने संकेतका रूपमा हेरिएको छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु