adv

स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्दै हुनुहुन्छ ?

  • आइतबार र सोमबार मनोनयन दर्ता हुँदै

  • याद गर्नुहोस् – के के चाहिन्छ कागजात ? मनोनयन शुल्क कति ?

दमक, १० वैशाख ।

निर्वाचन आयोजनको कार्यालय ।

आउँदो ३० वैशाखमा सम्पन्न हुने स्थानीय तह निर्वाचनको लागि आइतबार र सोमबार मनोनयन दर्ता हुने भएको छ ।

निर्वाचन आयोगले भोलि र पर्सी दुई दिन उम्मेद्वारहरुलाई मनोनयनका लागि समय तोकेको हो ।

स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिन चाहनेले आइतबार र सोमबार सम्बन्धित पालिकाको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनु पर्ने छ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेद्वार हुने व्यक्तिले मनोनयनपत्र दाखिला गर्दा पेश गर्नुपर्ने कागजातको सूची सार्वजनिक गरेको छ ।

उम्मेदवारी दर्ता गराउन चाहने जो कसैले पहिले त सम्बन्धित स्थानीय तहको मतदाता नामावलीमा आफ्नो नाम छ वा छैन ? यकिन गर्नु पर्दछ । उम्मेद्वार हुन चाहने मतदाताले सम्बन्धित पालिकाका मतदातामध्येबाट एक जना प्रस्ताव र एक जना समर्थकका रूपमा तयार गर्नु पर्दछ ।

नगरपालिकाको प्रमुख, उपप्रमुख र गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष पदमा मनोनयन दर्ता गराउन १५०० रुपैयाँ धरौटी बुझाउनु पर्दछ । उम्मेद्वार महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपमा विपन्न व्यक्ति भएमा ५० प्रतिशत छुटमा मनोनयन दर्ता गर्न पाइन्छ । अर्थात शुल्क ७५० रुपैयाँ मात्र लाग्छ ।

राजनीतिक दलका उम्मेद्वारहरुको लागि उम्मेद्वार बन्न सम्बन्धित दलले प्रदान गरेको औपचारिक पत्र चाहिनेछ, जसलाई पार्टीले दिने टिकट पनि भनिन्छ । सरकारी निकायबाट पारिश्रमिक लिइरहेका व्यक्ति वा जनप्रतिनिधिको हकमा बेतन लिइरहेको पद वा ओहदाबाट राजीनामा दिएको निस्सा बुझाउनु पर्ने हुन्छ ।

वडा अध्यक्ष पदका उम्मेद्वारहरुले मनोनयन दर्ताको लागि १००० रुपैयाँ शुल्क बुझाउनु पर्ने हुन्छ भने वडा सदस्यका लागि ५०० रुपैयाँ शुल्क बुझाउनु पर्दछ ।

आसन्न स्थानीय तह निर्वाचनमा देशभरका ८७ लाख ४१ हजार ५ सय ३० जना महिला, ८९ लाख ९२ हजार १० जना पुरुष र १८३ अन्य गरी १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।

 

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु