
मेचीनगर,११ बैशाख । झापाको काँकरभिट्टामा जारी प्रथम रसोई झापा सुपर लिगको उपाधिका लागि आज बिर्तामोडको बोस्टनब्लास्टर्स र धुलाबारी टाइगर्सले प्रतिस्पर्धा गर्दैछन् ।
लर्ड बुद्ध एकाडेमीको आयोजनामा सञ्चालित प्रतियोगिताको उपाधि जित्ने पक्षमा दुवै टोलीका कप्तान र प्रशिक्षकले दाबी गरेका छन् ।प्रतियोगितामा पाँचवटा टिम सहभागी रहेका थिए।
चार खेलमा तीन जित निकालेको धुलाबारी ६ अंकसाथ फाइनलमा प्रवेश गरेको हो भने विराट, बोस्टर्न र सनराइजको ४–४ अंक थियो ।तर नेट रनरेटका आधारमा बोस्टर्न फाइनल पुगेको हो ।
शनिवार बोर्डरल्यान्ड रेष्टुरेन्ट काँकरभिट्टामा भएको प्रि–म्याच प्रेस कन्फ्रेन्समा बोस्टन ब्लास्टरका प्रशिक्षक बिनित बास्तोला रधुलाबारीका प्रशिक्षक प्रबिन अग्रवालले उपाधिका लागि तयारिका साथ मैदान उत्रिने वताए ।
प्रतियोगिताको विजेता टोलीले नगद रु २ लाख ११ हजारसहित ट्रफी पाउने छ भने उपविजेता टोलीले नगद रु १ लाख ११ हजार सहितट्रफी पाउने छ ।
प्रतियोगिताको बेस्ट बलरले १० हजार, बेस्ट, प्लेयरले १५ हजार, बेस्ट फिल्डरले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले नगदरु. ३ हजार प्राप्त गर्नेछन् ।

