११ बैशाख, बिर्तामोड ।

नेपाली कांग्रेसले बिर्तामोड नगरपालिकाको प्रुमख पदको उम्मेद्वारका रूपमा भोजराज सिटौलालाई अघि सार्ने पक्का भएको छ ।
कांग्रेस बिर्तामोड नगर सभापति र बिर्तामोड वडा नम्बर ३ का निवर्तमान वडाध्यक्ष सिटौलालाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको पार्टी स्रोतले जानाएको छ ।
यस विषयमा कांग्रेस प्रदेश १ समितिमा निर्णय भइसकेको बताइए पनि सार्वजनिक भने गरिएको छैन ।
बिर्तामोडमा कांग्रेस र नेकपा माओावदी केन्द्रबीच प्रमुख र उपप्रमुखसहित केही वडा बाँडफँड गर्ने सहमति भइसकेको छ ।
जसअनुसार उपप्रमुख माओवादीले पाएको छ भने वडा नम्बर ७ र ९ को वडाध्यक्ष र एउटा सदस्य माओवादीको भागमा परेको बताइएको छ ।
नेकपा एमालेले भने निवर्तमान उपप्रमुख पवित्रा महतरा प्रसाईंलाई प्रमुख पदको उम्मेद्वारका रूपमा तोकिसकेको छ ।

