adv

जनकपुरधाममा जसपाले लालकिशोरलाई नै प्रमुख बनाउने

११ वैशाख, जनकपुरधाम ।

फोटो साभार : लालकिशोर साहको फेसबुक पेजबाट ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले जनकपुरधामको प्रमुख पदमा पुनः लालकिशोर साहलाई नै उम्मेदवार तोकेको छ ।

निवर्तमान प्रमुख साहलाई पुनः जसपाले प्रमुखको उम्मेद्वारका रूपमा टिकट दिएको हो । उनलाई आइतबार पार्टीकी केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले टिकट दिएकी हुन् ।

साह गत २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट निर्वाचित प्रमुख थिए । जनता समाजवादी पार्टीबाट राजपाका नेताहरु लोसपा बन्दा उनी राजपामै बसेका थिए ।

सत्तारुढ गठबन्धनमा जनकपुरधामको मेयरको उम्मेदवार जसपालाई दिने सहमति भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु