नारा –‘सबल स्थानीय सरकार : सम्मुनत गाउँ, समुन्नत नगर’
११ बैशाख, काठमााडौं ।

नेपाली कांग्रेसले स्थानीय चुनावका लागि घोषणा–पत्र सार्वजनिक गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुले संयुक्त रूपमा स्थानीय तह निर्वाचन सम्बन्धि घोषणा–पत्र सार्वजनिक गरेका हुन् ।
कांग्रेसले महामन्त्री गगन थापाको नेतृत्वमा घोषणा पत्र तयार गरेको थियो ।
नेपाली कांग्रेसको संकल्प स्थानीय तह निर्वाचन २०७९ नाम दिइएको घोषणापत्रमा ‘सबल स्थानीय सरकार : सम्मुनत गाउँ, समुन्नत नगर’ नारा तय गरिएको छ । घोषणापत्र ८८ पेजको छ ।

