माङसेबुङ, १२ बैशाख । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन चित्त नबुझेका कारण नेपाल कम्युनिष्टपार्टी (माओवादी केन्द्र) माङसेबुङ वडा नं. १ का नेता कार्यकर्ताहरुले सामुहिक राजिनामा दिएका छन् ।
माओवादी केन्द्रका माङसेबुङ गाउँकमिटि उपाध्यक्ष नर बहादुर आङदेम्बे, सचिव डकेन्द्र लिम्बु, माङसेबुङ गाउँपालिका १ नम्बर वडाकमिटि अध्यक्ष भुपाल योङहाङ र सचिव प्रकाश बुढाथोकीको सामुहिक हस्ताक्षरित विज्ञप्ती जारी गर्दै सो कुरा जनाएको छ ।
माङसेबुङमा गठबन्धनमा भित्र माओवादी केन्द्रले वडा नम्बर र दुई दावि गर्दै आएको थियो । तर वडा नम्बर दुई र तीन नम्बर वडा अध्यक्षपाएपछि असन्तुष्ट बनेका हुन् ।
वडाको मागलाई माथिल्लो निकायले सुनुवाई नगरेका कारण बाध्य भएर राजिनामा दिनु परेको बताएका छन् ।
राजिनामा पश्चात कुन पार्टीमा रहने भन्ने कुरा अहिले नसोचेको बताएका छन् ।
गठबन्धन भित्र नेपाली कांग्रेसले गाउँपालिका अध्यक्ष सहित ३ वटा वडा, जनता समाजवादी पार्टीलाई गाउँपालिका उपाध्यक्ष, माओवादीकेन्द्रलाई २ वटा वडा र राष्ट्रिय जनमुक्ति पार्टिलाई १ वटा वडा भागबन्डा गरेको थियो ।


