adv

माङसेबुङमा नेकपा एमालेबाट अध्यक्षमा राई र उपाध्यक्षमा सुब्बाको मनोनयन

माङसेबुङ, १२ बैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि माङ्सेबुङ गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्षमा हेमन्त राई र उपाध्यक्षमा सुनिता सुब्बाले मनोनयन दर्ता गराएका छन् ।

उनिहरुले निर्वाचन अधिकृतको कार्यालय इभाङमा पुगेर क्रम संख्या १ मा मनोनयन दर्ता गराएका थिए । स्थानीय तहको पहिलो निर्वाचन २०७४ मा नेकपा एमालेको तर्फबाट राई र सुब्बा नै क्रमश अध्यक्ष र उपाध्यक्षको उम्मेदवार थिए ।

अध्यक्ष पदका उम्मेदवार राई नेकपा एमाले माङ्सेबुङ गाउँ कमितिका अध्यक्ष हुन भने सुब्बा सचिव हुन्। यस अघिको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका हेमन्त राई पराजित भएका थिए ।

उपाध्यक्षमा नेकपा एमालेले माङसेबुङ गाउँपालिका उपाध्यक्षमा सुनिता सुब्बालाई नै दोहो¥याएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु