adv

बागी उम्मेद्वारी दर्ता गराएका राईद्वारा उम्मेद्वारी फिर्ता

मेचीनगर,१३ बैशाख । मेचीनगरको प्रमुखमा स्वतन्त्रबाट उम्मेद्वारी मनोनयन दर्ता गराएका देवकुमार राईले मंगलबार उम्मेद्वारी फिर्ता लिएको जनाएका छन् ।

मंगलबार विहान सामाजिक सञ्जालमार्फत आफू नेकपा एमालेको जिम्मेवारी कार्यकर्ता भएकाले पार्टीहित विपरित आफ्नो उम्मेद्वारी नरहेको भन्दै मेयर पदको उम्मेद्वारी फिर्ता लिएको उल्लेख गरेका छन् ।

नेकपा एमालेका नगर इन्चार्ज तथा जिल्ला कमिटी सदस्य समेत रहेका राईले आफ्नो उम्मेद्वारी प्रवृत्तिको विरुद्ध भएको सन्देश दिने मात्र दर्ता गराएको जनाएका छन् ।

उनले आफू नेकपा एमालेको सदस्य भएकोमा गर्व गर्दै पार्टीले उठाएको उम्मेद्वारलाई विजय गराउन आजैबाट लाग्ने प्रतिबद्धता व्यक्त गर्दै विरोधीहरुलाई खुशी नमाउन समेत आग्रह गरेका छन् ।

आफुले पार्टी संगठन निर्माणका लागि गरेको योगदानको मुल्याकंन नभएको गुनासो गर्दै उनले सोमबार उम्मेद्वारी दर्ता गराएका थिए ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु