adv

खेलकुद पत्रकार मञ्चको अध्यक्षमा पुन: देवेन्द्र

नवनिर्वाचित समिति

काठमाडौं,२१ बैशाख । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा पुन: दुर्गानाथ सुवेदी (देवेन्द्र) निर्वाचित भएका छन् ।

बुधबार भएको एनएसजेएफको १७ औं साधारण  सभाबाट सुवेदी आगामी तीन वर्षका लागि फेरि अध्यक्षमा निर्वाचित भएका हुन् ।

सुवेदीले ५८ मत प्राप्त गरे ।  अध्यक्षका अर्का प्रतिस्पर्धी प्रकाश तिमल्सिनाले ३३ मत प्राप्त गरे ।

यस्तै प्रथम उपाध्यक्षमा निरन्जन अधिकारी, उपाध्यक्षमा सन्जिव शिल्पकार र  गोविन्द रेग्मी, महासचिवमा प्रज्वल ओली, सचिवमा अन्जन खड्का र कोषाध्यक्षमा सुजन श्रेष्ठ निर्विरोध निर्वाचित भए ।

खुला सदस्यमा निशाल राई, अनिल मल्ल ठकुरी र  कुशल तिमल्सिना निर्वाचित भए । महिला सदस्यमा मुना कार्की निर्वाचित भईन ।

अनिलले ६८, निशानले ६५ र कुशलले ५३ मत प्राप्त गरे । सदस्यका अर्का प्रत्यासी सन्जिव शाहले २८ मत पाए ।

महिला सदस्यमा विजयी मुनाले ६२ मत प्राप्त गरिन्  । अर्का प्रत्यासित लक्ष्मी जिसीले ३१ मत प्राप्त गरिन् ।

मञ्चका कुल सदस्य १०० जना रहेकामा नेपालमा उपलब्ध भएका ९८ सदस्य मध्येबाट ९४ मत खसेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु