adv

धिमाल भाषा दमकको सरकारी कामकाजी भाषा : जसपा दमक

२२ बैशाख,  दमक ।

मंगलबार जसपा दमकले आयोजना गरेको चुनावी कार्यालय उद्घाटन र प्रतिवद्धता सार्वजनिक कार्यक्रमको दृश्य । तस्वीर हरप्रहर न्यूज ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले दमक नगरपालिकाको प्रथम नागरिक धिमाल समुदायको मातृभाषालाई नगरको सरकारी कामकाजी भाषा घोषणा गरी कार्यक्रम अघि बढाउने प्रतिवद्धता गरेको छ ।

मंगलबार स्थानीय तह निर्वाचनको चुनावी कार्यालय उद्घाटन र प्रतिवद्धता सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको थियो ।

जसपाका उम्मेद्वारहरुका तर्फबाट जारी प्रतिवद्धतामा पार्टीले घोषणा गरेको केन्द्रीय कार्यक्रमका अतिरिक्त दमकमा स्नातक तहसम्म निःशुल्क शिक्षा, सिटी सफारीलगायतमाथि लिइने सवारी (पटके) कर खारेज, फोहरमैला व्यवस्थापनमा लिइने कर निःशुल्कलगायत लोकप्रिय कार्यक्रम समेटिएका छन् ।

जसपाबाट स्थानीय तह निर्वाचनमा दमकका लागि नगर प्रमुख पदमा पवन विष्टले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै दमक वडा नम्बर २ मा युदबहादुर लावती (आकाश), वडा नम्बर ७ मा दिपबहादुर भुजेल (मिथुन) र वडा नम्बर ९ मा दुर्गा तामाङ (दोर्जे)ले खुला सदस्य पदमा उम्मेद्वारी दिएका छन् ।

आयोजित पत्रकार सम्मेलनमा प्रत्यासी विष्टले दमक रूपान्तरणको जिम्मेवारी युवाको काँधमा आएको र त्यसैलाई पूरा गर्न आफ्नो उम्मेद्वारी रहेको जिकिर गरे ।

त्यस्तै जसपा प्रदेश १ अध्यक्ष प्रवीण चाम्लिङले चुनावी गठबन्धनका नाउँमा राप्रपा, कांग्रेस र माओवादी केन्द्रले जसपाबारे गलत भ्रम छरेको भन्दै त्यसलाई चिर्न पत्रकार सम्मेलन गरी पार्टीको आधिकारिक चुनावी प्रतिवद्धता सार्वजनिक गरिएको दावी गरेका थिए ।

निर्वाचन परिचालन संयोजक एवम् जसपा दमक नगर सचिव सुनिल राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा झापा क्षेत्र नम्बर ५ (ख) अध्यक्ष एवम् आर्थिक परिचालन संयोजक दिपक न्यौपानेको स्वागत र नगर सदस्य मिलन तामाङको सञ्चालन रहेको थियो ।

जसपा दमकले सार्वजनिक गरेको चुनावी प्रतिवद्धतापत्रको पूर्णपाठ :

Pratiwaddhata Patra

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु