adv

विदेशमन्त्रीको अन्तरवार्ताका लागि पुटिनले मागे माफी

२३ बैशाख, दमक । (एजेन्सीको सहयोगमा)

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन । तस्वीर : सामाजिक सञ्जालबाट साभार ।

हिटलरको पनि यहुदी रगत थियो भनेर रुसी विदेशमन्त्रीले दिएको अन्तरवार्ताका कारण राष्ट्रपति भ्लादिमिर पुटिनले माफी माग्नु परेको छ ।

इजरायलले सो अन्तरर्वार्तामा बोलिएको विवादास्पद शव्द बारे पुटिनले माफी मागेको उल्लेख गरेको हो ।

बिबिसीमा उल्ल्ेख गरिए अनुसार पुटिनले इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटसँगको फोनवार्तामा माफी मागेको बेनेटको कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

तर सो टेलिफोन वार्ताबारे रुसले जारी गरेको विवरणमा माफी मागेको विषयमा केही जनाइएको छैन ।

रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की यहुदी हुँदाहुँदै पनि युक्रेनलाई नाजी राष्ट्रका रूपमा चित्रण गरेको औचित्य पुष्टि गर्ने प्रयासस्वरूप यस्तो टिप्पणी गरेका बताइएको छ ।

गत आइतवार इटलीको एउटा टेलिभिजनसँगको कुराकानीमा लाभ्रोभले त्यस्तो बोलेका थिए । इजरायलले यहुदीहरूको आम नरसंहार अर्थात् होलोकस्ट भनिने घटनाको स्मरण दिवस मनाएको भोलिपल्ट उनको भनाइ आएको थियो ।

रुसी विदेशमन्त्रीको सो भनाइ आएलगत्तै इजरायलले रुसी विदेशमन्त्रीले माफी माग्नुपर्ने बताएको थियो ।

दोस्रो विश्वयुद्धका बेला हिटलर नेतृत्वको नाजी जर्मनीले ६० लाख यहुदीहरूको नरसंहार गरेको थियो ।

इजरायली प्रधानमन्त्री बेनेटले लगत्तै भनेका थिए –‘त्यस्तो दाबीले इतिहासको सबैभन्दा दर्दनाक अपराधका लागि यहुदीहरू आफैँलाई दोष लगाउने र यहुदीमाथि अत्याचार गर्नेहरूलाई अपराधमा उनीहरूको जिम्मेवारीबाट मुक्त गर्ने काम गर्छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु