adv

बजेट बारे छलफल गर्न जेठ ३ मा संसद् बोलाइँदै

२५ बैशाख, काठमाडौं ।


आउँदो आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउने तयारीमा जुटेको सरकारले सोही विषयमा छलफल गर्न आगाी जेठ ३ गते संसद् बैठक ढाक्ने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ ३ गते संघीय संसदको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

बैठकले जेठ ३ गते दिउँसो ४ बजे संसद्को बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको सरकारी स्रोतले जनाएको छ ।

संवैधानिक प्रावधानअनुसार जेठ १५ गते अनिवार्य ल्याउनै पर्ने बजेका विषयमा आवश्यक छलफल गर्न संसद् बैठक ढाक्न लागिएको हो ।

सरकारले बजेट ल्याउनु अघि बजेटमाथि छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्राथमिकताका विषय सदनसमक्ष पेश गर्नेछन् । त्यसपछि प्रिबजेट छलफल हुनेछ र अर्थमन्त्रीले जवाफ दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको जनाइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु