adv

प्रिमियर लिगमा म्यानचेष्टर सिटीको सानदार जीत

झापा । प्रिमियर लिगमा म्यानचेष्टर सिटीको आइतबार न्युकासल युनाइटेडलाई ५-० को सानदार जीतसंगै उपाधि होड बलियो बनाएको छ । लिगमा अब तीन खेल बाँकी रहँदा सिटीले लिभरपुलमाथि ३ अंकको स्पष्ट अग्रता बनाउँदै शीर्ष स्थानमा उक्लेको हो ।

घरेलु मैदान एतिहाड स्टेडियममा सिटीलाई जिताउन रहिम स्टर्लिङले दुई गोल गरे । यस्तै एमरिक लापोर्टा, रोड्री र फिल फोडेनले समान एक गोल गरेका थिए ।

जितपछि सिटीले ३५ खेलबाट ८६ अंक जोडेको छ । लिभरपुलको समान खेलबाट ८३ अंङ्क छ । यस्तै आर्सनलले आइतबारै लिड्स युनाइटेडलाई २-१ ले हराएर शीर्ष चारमा स्थान मजबुत बनाएको छ । ३५ खेलबाट ६६ अंक जोडेको आर्सनल चौथो स्थानमा छ ।

आर्सनलले पाँचौ स्थानको टोटनहम हट्सपरमाथि ४ अंकको अग्रता बनाइसकेको छ । अब हुने खेलमा टोटनहमलाई पराजित गरे आर्सनलले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गर्नेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु