adv

ओलिको गृहनगरमा एमालेका उम्मेदवारले गठबन्धनलाई सघाउने

दमक,२६ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा एमालेबाट वडा सदस्यका एक जना उम्मेदवार पार्टी त्यागेर गठबन्धनका पक्षमा समाहित भएका छन् ।

संयुक्त गठबन्धन प्रचार समितिले आज दमकको आयोजना गरेको चुनावी सभामा बोल्दै दमक ७ का वडा सदस्यका उम्मेदवार गुमानसिंह तामाङले पार्टी त्याग गरि संयुक्त गठबन्धनलाई सघाउने घोषणा गरेका छन् ।

उनले एमाले विरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा,जनता समाजवादी पार्टी,राजपासहितका साझा गठबन्धनका उम्मेदवारलाई जिताउन नगरवासीहरुसंग आग्रह गरे ।

एमालेले जालझेल,झुठा आश्वासन बाढेर जनताका वीचमा सस्तो लोकप्रियता मात्र बनाएको भन्दै उनले अहिले जनता परिवर्तनका पक्षमा भएकाले आफूले गठबन्धनमा समाहित भएको उनको भनाई थियो । एमाले छाडेका युवा नेता तामाङ स्वतन्त्र रहने उल्लेख गरेका छन् ।

तामाङ एमाले दमक नगर सचिवालय सदस्य हुन् । गत स्थानीय तह निर्वाचन २०७४ मा नेकपा माओवादीको तर्फबाट दमक वडा नम्बर ७ को अध्यक्षमा उठेका तामाङ केहि समय अघि मात्र नेकपा एमाले प्रवेश गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु