adv

मतदाता परिचयपत्र हराएका वा नष्टभएकाहरुले नागरिकता देखाएर मतदान गर्न पाउने

काठमाण्डौ । स्थानीय तह निर्वाचन २०७९ मा मतदाता परिचयपत्र हराएकाहरूले पनि मत दिन पाउने भएका छन् ।

मतदाता नामावलीमा नाम भएका तर परिचयपत्र हराएको, च्यातिएको वा नष्ट भएकाहरुले पनि नागरिकता प्रमाणपत्रको आधारमामतदान गर्न पाउने भएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावलीमा नाम भएका सबैले मत दिन पाउने जानकारी दिनुभयो । अबमतदाता परिचय हराएका वा छुटेकाहरूले नागरिकताको प्रमाणपत्रका आधारमा मत दिन पाउनेछन् यसैबीच चुच्चे नक्सामा समेटिएकोक्षेत्रमा पनि चुनाव हुन्छ त ? भन्ने प्रश्नको जवाफमा प्रमुख निर्वाचन आयुक्त थपलियाले नागरिकता प्राप्त गरेका र वडा विभाजन भएकासबै क्षेत्रमा चुनाव गर्ने व्यवस्था गरेको बताउनुभयो ।

थपलियाले नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७ सय ४३ वडाभित्रका मतदाता नामवलीमा नाम भएका सबैनागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा चुनावको व्यवस्था गरिएको बताउनुभएको हो ।  

यसैबीच आयोगले वैशाख २८ र २९ गते मतदानस्थलमै मतदाता शिक्षा दिने तयारी गरेको छ । वैशाख ३० गते एकै चरणमा पालिकाचुनाव हुँदैछ । 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु