२९ बैशाख, दमक ।
श्रीलंकामा बिहीबार नयाँ प्रधानमन्त्रीका रूपमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् ।
बिहीबार राष्ट्रपति गोटवाया राजापाक्षेले विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका बिबिसीले जनाएको छ ।
पूर्व प्रधानमन्त्री रहिसकेका विक्रमासिंघेले नयाँ प्रधानमन्त्रीका रूपमा बिहीबार नै सपथ लिएका हुन् ।
चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट वैशाख २६ गते राजीनामा दिएका थिए ।
दुई करोड २० लाख जनसंख्या श्रीलंका खाद्यान्न, इन्धन र औषधि चर्को अभाव र विद्युतमा स्वतन्त्रताको कारण आर्थिक संकटमा फसेको छ । आर्थिक संकट चुलिएसँगै केही हप्तादेखि त्यहाँ दैनिक सरकार विरोधी प्रदर्शन चलिरहेको छ ।
सरकार विरोधी प्रदर्शनका कारण कम्तीमा ९ जनाको मृत्यु भैसकेको र २ सय भन्दा बढी घाइते भएका बिबिसीले उल्लेख गरेको छ ।