adv

बुद्ध जयन्तीमा मोदी लुम्बिनी आउँदै

देउवाले दिवाभोज दिने

३० बैशाख, दमक ।


सोमबार एक दिने विशेष भ्रमणमा नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिवाभोजको आयोजना गर्ने भएका छन् ।

बुद्ध जयन्तीका अवसरमा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउन लागेका मोदीसहित प्रतिनिधि मण्डललाई देउवाले दिवा भोजको प्रवन्ध गरेका हुन् ।

लुम्बिनीमा मोदी र देउवाले मायादेवी मन्दिरमा संयुक्त पूजाअर्चना गर्ने कार्यक्रम छ भने बिहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्याससमेत गर्नेछन् ।

प्रधानमन्त्रीका रूपमा मोदीको यो पाँचौं नेपाल भ्रमण हो भने पहिलो पटक भारतीय प्रधानमन्त्री लुम्बिनी भ्रमणमा आउन लागेका हुन् । मोदीलाई उनका समकक्षी देउवाले बुद्ध जयन्तीका दिन नेपाल भ्रमणमा आउन निम्तो गरेका थिए ।

सोही दिन परराष्ट्र मन्त्री नारायण खड्काले मोदीसँग शिष्टाचार भेट गर्नेछन् । प्रधानमन्त्री देउवा र मोदीबीच दुई पक्षीय औपचारिक वार्ता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मोदी भ्रमणको तयारीस्वरूप बुधबार भारतीय वायु सेवाको जहाजमा अधिकारीहरू भैरहवा आइसकेका छन् ।
मोदी सोही दिन स्वदेश फर्किने कार्यक्रम छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु