३० बैशाख, दमक ।
जेष्ठ नागरिकको मत हाल्ने विषयमा उत्पन्न विवाद सुल्झन नसक्दा धनकुटाको सहिदभूमि गाउँपालिकामा मतदान हुन सकेन ।
शुक्रबार बिहान साढे १० बजेदेखि जेष्ठ नागरिकको मत हाल्ने विषयमा विवाद सुरु भएको थियो । विवाद सुल्झन नसकेकाले शुक्रबारको निर्धारित बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको मतदान गर्ने समय घर्किएको प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रवक्ता नवीन राईले जानकारी दिएका छन् ।
प्रवक्ता राईका अनुसा र जेष्ठ नागरिकलाई मतदानमा सहभागी गराउँदा सहयोगी पठाउने क्रममा विवाद भएको थियो । सो विवादका कारण स्थगित भएको मतदान कार्य अपराह्न ५ बजेसम्म पुनः सुचारु हुन नसक्दा मतदान कार्य प्रभावित भएको हो ।
विवाद मिलाउने प्रयास जारी रहेको बताइए पनि स्थगन भएको मतदान कार्य बारे ठोस निर्णय नभएको बताइएको छ ।