adv

मतगणना शुक्रबार रातिबाटै थालिने

३० वैशाख, दमक ।

इलामको फाकफोकथुम ५ स्थित मतदानस्थलमा मतदानपछि मतपत्र बाक्सामा हाल्दै एक मतदाता । फोटो : भूमिका फियाक ।

स्थानीय तह निर्वाचन २०७९ को मतगणना कार्य शुक्रबार रातिबाटै थालिने निर्वाचन आयोगले जनाएको छ ।

मतदान सकिएलगत्तै मुचुल्का उठाएर मतपेटिका मतगणनास्थलमा पुर्याउने र सर्वदलीय बैठकको निर्णयपछि शुक्रबार रातिबाटै गणना कार्य सुरु हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

शुक्रबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको लागि समय निर्धारण गरिएको छ ।

केही मतदान केन्द्रहरुमा पूर्वनिर्धारित समयभन्दा ढिलो मतदान सुरु भएका छन् । ती स्थानहरुमा ५ बजेभित्र मतदानस्थलमा प्रवेश गरिसकेकाहरुले मतदान गर्न पाउने आयोगको भनाइ छ ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा न.. १७ मा भने शुक्रबार मतदान भएन । महाराजगञ्जमा उपमेयरको उम्मेदवार र तुलसीपुर–१७ मा वडा अध्यक्षका उम्मेदवारको मृत्यु भएकाले शुुक्रबार मतदान कार्य स्थगित गरिएका हुन् ।

त्यस्तै प्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ को हरिरबा जनता मावि मतदान स्थलमा मतदान कार्य स्थगित भएको छ ।
त्यहाँ केहि व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेपछि निर्वाचन स्थगित भएको थियो । कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएका छन् ।

सो केन्द्रमा आगामी जेठ १ गते मतदान हुने निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु