adv

कांग्रेसले मनाङबाट खोल्यो खाता

३१ बैशाख, दमक ।


नेपाली कांग्रेसले मनाङको नार्पाभूमि गाउँपालिकाबाट स्थानीय तह निर्वाचन २०७९ को खाता खोलेको छ ।

नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा १ सय ५८ मत पाएर विजयी भएका छन् ।

शुक्रबार मध्यरातमा सकिएको मतगणनाअनुसार लामाका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १ सय ११ मत प्राप्त गरेका हुन् ।

४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेकोमा ३५ बदर भएको थियो ।

काठमाडौं र हेटौंडाको मतगणना शनिबार बिहानबाट

यसैबीच काठमााडौं महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको मतगण्ना शनिबार बिहानदेखि हुने भएको छ ।

काठमाडौं महानगरपालिकाको मतगणना शनिबार विहान विहान ८ बजेबाट हुने बताइएको छ ।

त्यस्तै हटौंडा उपमहानगरपालिकाको मतगणना बिहान ७ बजेबाट गर्ने सर्वदलीय बैठकबाट निर्णय भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु