adv

युएईका राष्ट्रपति शेख खलिफाको निधन

३१ बैशाख, दमक । (एजेन्सीको सहयोगमा)


संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख खालिफा विन जइद अल नह्यानको शुक्रबार निधन भएको छ ।

खालिफाको ७३ वर्षको उमेरमा शुक्रबार निधन भएको युएईको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बिबिसीले जनाए अनुसार उनको निधनमा शुक्रबारदेखि ४० दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाएर शोक मनाइने भएको छ ।
यूएई (दुबाई)का सबै सरकारी कार्यालय र निजी क्षेत्रका कामकाज ३ दिनलाई रोकिने छन् ।

पछिल्लो १८ वर्षदेखि युएईको नेतृत्व गरिरहेका राष्ट्रपति शेख खलीफा चौथो पटक सन् २०१९ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

अल–नाह्यान परिवारसँग १५० अर्ब डलर बराबरको सम्पत्ति रहेको विश्वास गरिन्छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु