adv

माङसेबुङमा मतगणना सुरु (तस्विरहरु)

३१ बैशाख, माङसेबुङ ।

माङसेबुङ गाउँपालिकाको केन्द्र इभाङस्थित गाउँ कार्यपालिकामा सुरु गरिएको मत गणना । तस्वीर : सुसन राई ।

इलामको माङसेबुङ गाउँपालिकामा मतगणना सुरु भएको छ ।

शुक्रबार भएको स्थानीय तह निर्वाचनको मतगणना अहिलेमध्यराति १२:४५ बाट सुरु भएको हो ।

मतगणनामा वडा नम्बर ४ र वडा नम्बर ५ को मत गणना एकै साथ गन्न सुरु गरिएको छ । वडा नम्बर ४ र ५ पश्चात क्रमश वडा नम्बर ६, वडा नम्बर १ र अन्त्यमा वडा नम्बर ३ र २ को मत गणना हुने निर्वाचन अधिकृत धनेन्द्र अधिकारीले बताए ।

माङसेबुङमा १२ हजार ५ सय ६८ मतदाता रहेका छन् भने मतदानको लागि ११ वटा मतदान स्थल र १८ वटा मतदान केन्द्रको व्यवस्थागरिएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु