महानगरपालिकाहरुसहित सबैतिर मतगणना सुरु
३१ बैशाख, दमक ।

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत निर्विरोध निर्वाचित भएकासहित ७ पालिकाको नतिजा सार्वजनिक भएको छ ।
हाल प्राप्त नतिजा अनुसार अध्यक्षमा एमालेले ३ पालिकामा बाजी मारेको छ भने कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले समान २ पालिकामा जित निकालेका छन् ।
एमाले :
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
मनाङको चामे गाउँपालिका
डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)
नेपाली कांग्रेस :
मुस्ताङको घरपझोङ गाउँपालिका
मनाङको नार्पाभूमि गाउँपालिका
एकीकृत समाजवादी :
डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)
देशैभर एकै चरणमा बैशाख ३० गते शुक्रबार सम्पन्न निर्वाचनमा अनुमानित ६४ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदानकेन्द्रमा मतदान स्थगित भएको आयोगले जारी गरेको निर्वाचन बुलेटिनमा उल्लेख छ ।
शुक्रबार रातिदेखि नै अधिकांश पालिकाहरुमा मतगणना जारी छ भने काठमाडौं, विरगञ्ज, बिराटनगर महानगरपालिकालगयात अन्य पालिकाहरुमा शनिबार बिहानदेखि मतगणना कार्य सुरु भएको बताइएको छ ।
मत गणना कार्यका लागि भौतिक र मानवीय दुवै स्रोत साधन र सुरक्षा कडा बनाइएको निर्वाचन आयोगले जनाएको छ ।