adv

खिजिदिम्बा १ मा जसपा र माङसेबुङ ४ मा एमालेको प्यानलै विजयी

३१ बैशाख, दमक ।


ओखलढुंगाको खिजिदिम्बा गाउँपालिका वडा नम्बर १ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा)को प्यानल विजयी भएको छ ।

अन्तिम मतपरिणाम अनुसार वडा अध्यक्षका उम्मेद्वार कुमार सुनुवारसहित महिला सदस्य कल्पना भुजेल, दलित महिला सदस्य कविता विक र खुला सदस्यद्वय अर्जुनकुमार श्रेष्ठ र गोरे तामाङ विजयी भएका हुन् ।

सुनुवारले ३ सय ४ मत पाएर विजयी भएका हुन् ।

यस वडामा जसपाका अध्यक्ष पदका उम्मेद्वार गम्बु शेर्पाले ४ सय ६९ मतसहित अग्रता कायम गरेका छन् भने उपाध्यक्ष पदका उम्मेद्वार मनकुमारी पाख्रिन तामाङ ३ सय ८९ मत पाएर अगाडि छिन् ।

यस वडामा जम्मा १ हजार ६१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

माङसेबुङ ४ मा एमाले प्यानलको जित


त्यस्तै इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमाले प्यानल विजयी भएको छ ।

नेकपा एमालेका उम्मेद्वार नवीन लिम्बूसहित महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गोमादेवी विश्वकर्मा, खुला सदस्यहरुमा टेकमान लिम्बू र धनबहादुर राई विजयी भएका हुन् ।

लिम्बूले ३ सय २५ मत प्राप्त गरी विजयी भएका हुन् ।

सो वडाबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा भने गठनबन्धनका उम्मेद्वारले अग्रता कायम गरेका छन् । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका डिकेन्द्र इधिंगोले ४ सय ८७ मत पाएका छन् । एमालेका हेमन्त राईले ३ सय ४६ मत पाएका छन् ।

उपाध्यक्षमा गठबन्धनका जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङले ४ सय २१ मत पाएका छन् । एमालेकी सुनिता सुब्बाले ३ सय ४७ मत मात्र पाएकी छन् ।

यस वडामा ९ सय ४९ मत खसेको थियो ।

 

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु