adv

फागोलाई मञ्चले गर्यो निष्काशन !

३१ बैशाख, दमक ।


संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आफ्ना नेता तिलक सिंह फागोलाई पार्टीबाट निष्काशन गरेको जनाएको छ ।

इलाम चुलाचुली १ निवासी फागोलाई स्थानीय निर्वाचनमा मञ्चको आधिकारिक उम्मेद्वारको बिरुद्धमा अर्कै पार्टीको चुनाब चिन्ह लिएर उम्मेद्वारी दिएको भनी निष्काशन गरिएको मञ्चले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मञ्चका वरिष्ठ उपाध्यक्ष एवम् अनुशासन विभाग प्रमुख ज्ञान बहादुर गुरुङले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ –संघीय लोकतान्त्रिक रास्ट्रिय मंच –संघिय लिम्बुवान प्रान्तीय मंच ,नेपालको बिधान २०६२ (पहिलो २०६४ ,दोस्रो २०७३ र तेस्रो २०७८ संसोधन सहित ) को धारा ४० अनुसार अनुशाशनको कार्बाही गरि आजकै मिति देखि मंचको साधारण सदस्य समेत नरहने गरि निष्काशन गरिएको जानकारी यसै प्रेस बिज्ञप्ति मार्फत सार्बजनिक गर्दछौं ।

डेढ दशकदेखि शिक्षण पेशामा आवद्ध फागो स्थानीय तह निर्वाचनमा स्वतन्त्रतर्फबाट चुलाचुली वडा नम्बर १ को वडा अध्यक्षको प्रत्यासी उम्मेद्वार हुन् । उनले राष्ट्रिय जनमुक्ति पार्टीको घर चुनाव चिन्ह लिएर उम्मेद्वारी दिएका थिए ।

उनले पार्टीका बहुमत कार्यकर्ताहरुले आफ्नो पक्षमा समर्थन गरे पनि पार्टीले पूर्वाग्रह राखेर टिकट नदिएकाले कार्यकर्ताको भावना अनुरूप स्वतन्त्रबाट उम्मेद्वार बनेको बताएका थिए ।

गत स्थानीय तह निर्वाचन २०७४ मा मञ्चले सो वडामा प्यानलै विजयी गराएको थियो । मञ्चका तर्फबाट २०७९ को निर्वाचनमा पनि वडा अध्यक्ष ध्रुव लावती नै उम्मेद्वार छन् । अघिल्लो निर्वाचनमा लावती पनि जनमुक्तिकै घर चिन्हबाट विजयी भएका थिए ।

 

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु