adv

बाह्रदशी गाउँपालिको वडा नः १ मा कांग्रेसका राजवंशी निर्वाचित

झापा,३१ बैशाख । बाह्रदशी गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट वडा नम्वर १ को वडाध्यक्षमा टेक वहादुर राजवंशी निर्वाचित भएका छन् । उनीसंगै चारै जना वडा सदस्य नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

वडाध्यक्षमा निर्वाचित राजवंशीले ५७९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिष्पर्धी सम्भूसिंह राजवंशीले ५६३ मत प्राप्त गरेका थिए ।

त्यस्तै वडा सदस्य पदमा विजय प्रसाद अधिकारी र सम्पतलाल गिरी , महिला सदस्यमा निर्मला राई र दलित महिला सदस्यमा गायत्री ऋषिदेव निर्वाचित भएका छन् ।

वडाध्यक्ष पदका लागि पाँच जनाको उम्मेद्वारी रहेको थियो । उम्मेद्वारी दिने मध्ये शम्भूसिह २०७४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित वडाध्यक्ष हुन् ।

वडाध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट भूमिराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तेजवहादुर राई र जनमत पार्टीबाट अघनलाल राजवंशी उम्मेद्वार रहेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु