adv

पेट्रोल र डिजेलमा १०–१० रूपैयाँ बढ्यो

३१ बैशाख, दमक ।


शनिबार मध्यरातबाट लागू हुने गरी सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रूपैयाँका दरले मूल्य बढाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै सरकारले शनिबार मध्यरातबाट लागू हुने गरी मूल्य बढाएको हो ।

नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढेकाले इन्धनमा मूल्य वृद्धि गरिएको हो ।

निगमका अनुसार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल समेतको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर १० रूपैयाँ वृद्धि भएको हो ।

योसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७०, डिजेल र मट्टितेलको नयाँ खुद्रा विक्री मूल्य १५३ रूपैयाँ कायम गरिएको छ ।
एलपी ग्यास र हवाई इन्धनमा भने हाल मूल्य यथावत राखिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु