३१ बैशाख, दमक ।
झापाको दमक नगरपालिकामा जारी मतगणनामा नेकपा एमालेकी गीता अधिकारीले अग्रता कायम राखेकी छिन् ।
दमक वडा नम्बर १ को २ हजार १ सय ५९ मत गणना भैसक्दा अधिकारीले गठबधन उम्मेद्वार राप्रपाका राम थापा भन्दा ६४ मतले अग्रता कायम गरेकी छिन् । उनले प्राप्त गरेको मत ९सय ५९ रहेको छ भने थापाले ८ सय ९५ मत पाएका छन् ।
त्यस्तै उपप्रमुखमा भने गठबन्धन उम्मेद्वार नेपाली कांग्रेसकी रेगिना भट्टराई प्रसाईंले अग्रता कायम राखेकी छिन् । उनी एमाले उम्मेद्वार अम्बिका भण्डारी भन्दा ४२ मतले अघि छिन् । प्रसाईंले ८ सय ८६ मत पाएकी छिन् भने खनालले ८ सय ४४ मत पाएका छन् ।
त्य
स्तै वडा नम्बर १ मा एमाले उम्मेद्वार हरिप्रसाद न्यौपाने ६१ मतले अघि छन् । उनले ९ सय ३८ मत पाएका छन् भने गठबन्धनका राप्रपा उम्मेद्वार तारा अधिकारीले ८ सय ७७ मत पाएका छन् ।
दमक नगरपाकिला निर्वाचन अधिकृत केशवप्रसाद पन्तले पछिल्लो मत परिणाम बारे जानकारी गराएका हुन् । मतगणना जारी रहेको बताइएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर भएकाले पनि दमकको निर्वाचनलाई चासोका साथ हेरिएको छ ।
एमाले हराउन राप्रपा, कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका छन् ।