adv

१३ वटा पालिकाको टुङ्गो लाग्दा एमाले अगाडि, कांग्रेस पछ्याउँदै

३१ बैशाख, दमक ।


स्थानीय तह निर्वाचन २०७९ को हालसम्म प्राप्त मत परिणाम अनुसार १३ वटा पालिकाको टुङ्गो लागेको छ । १३ मध्ये नेकपा एमाले एक्लैले ६ वटा पालिकामा बाजी मारेको छ ।

हालसम्म प्राप्त मत परिणामका आधारमा नेकपा एमालेको अग्रता कायमै छ । एमालेले ६ वटा पालिकामा जित निकालेको छ भने दोस्रोमा नेपाली कांग्रेसले ४ पालिकामा जित हात पारेको छ ।

नेकपा (एकीकृत समाजवादी)ले २ पालिकामा जित निकालेको छ भने नेकपा माओवादी केन्द्रले एउटा पालिकामा जित हात पारेको छ ।

त्यस्तै उप प्रमुख वा उपाध्यक्ष तर्फ एमालेले ५ र कांग्रेसले ४ पालिकामा बाजी मारेका छन् । नेकपा माओवादी, नेकपा (एकीकृत समाजवादी) र स्वातन्त्रबाट १÷१ जनाले जितेका छन् ।

कसले कहाँ जित्यो ?

नेकपा एमाले विजयी भएको पालिका

मनाङको मनाङ ङिस्याङ गाउँपालिका : कान्छा घले विजयी
मनाङको चामे गाउँपालिका : लोकेन्द्रबहादुर घले विजयी
मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका : लोप्साङ छोम्पेल विष्ट विजयी
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका : रिङजिन नामगेल गुरुङ विजयी
मुस्ताङको लोमान्थाङ गाउँपालिका : टसी नोर्वु गुरुङ विजयी
डोल्पाको से फोक्सुण्डो गाउँपालिका : धावा सम्डुङ गुरुङ विजयी

नेपाली कांग्रेस विजयी भएको पालिका

मनाङको नार्पा भूमी गाँउपालिका : कोन्जो तेन्जीङ लामा विजयी
मनाङको नासोँ गाउँपालिका : धनबहादुर गुरुङ विजयी
मुस्ताङको घरपोझङ गाउँपालिका : मोहनसिंह लालचन विजयी
गुल्मीको रेसुंगा नगरपालिकाका : खिलध्वज पन्थी विजयी

नेकपा एकीकृत समाजवादी विजयी भएको पालिका

डोल्पाको छार्का साङतोङ गाउँपालिका : सेनाङ गुरुङ विजयी
डोल्पाको काइके गाउँपालिका : अंगदकुमार राना विजयी

नेकपा माओवादी केन्द्र विजयी भएको पालिका

डोल्पाको जगदुल्ला गाउँपालिका : नारसिङ रोकाय विजयी

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु