adv

ओलीको गृहनगरमा राप्रपा र कांग्रेसी उम्मेद्वारको अग्रता कायमै

२ जेठ, दमक ।


नेकपा एमाले अध्यक्ष केपी ओलीको गृह नगर झापाको दमकमा राप्रपासहितको गठबन्धन उम्मेद्वारहरुले अग्रता बढाएका छन् ।

राप्रपा, कांग्रेस र माओवादी गठबन्धनबाट नगर प्रमुख पदका उम्मेद्वार राम थापाले जारी मतगणना अनुसार ५ सय ९६ बढी मतसहित आफ्नो अग्रता बढाएका हुन् । उनले ५ हजार ९१ मत पाएका छन् । उनीसँगै प्रतिस्पर्धामा रहेकी एमाले उम्मेद्वार गीता अधिकारले ४ हजार ४ सय ९५ मत पाएकी छन् ।

त्यस्तै नगर उपप्रमुखमा पनि गठबन्धनकी उम्मेद्वार रेगिना भट्टराई प्रसाईंले पनि अग्रता बढाएकी छन् । प्रसाईंले ४ हजार ९ सय ४३ मत पाएकी छन् भने उनका प्रतिस्पर्धी एमालेका अम्बिका खनालले ४ हजार ३ सय ४४ मत पाएका छन् । दुई जना उम्मेद्वारबीचको मतान्तर ५ सय ९९ रहेको छ ।

प्रमुख र उप–प्रमुख पदका उम्मेद्वारहरुले करिब ६ सय मतान्तरले अग्रता लिएका हुन् । गठबन्धनका थापा राप्रपाबाट उम्मेद्वार हुन् भने प्रसाईं कांग्रेसबाट उम्मेद्वार हुन् ।

सोमबार बिहान ९ बजेसम्मको मत गणना अनुसार दमक १, १० र २ नम्बर वडाको ११ हजार १ सय ८८ मत गणना सकिएको निर्वाचन अधिकृत केशवप्रसाद पन्तले जानकारी दिएका छन् ।

दमकको वडा नम्बर १ मा एमालेका हरिप्रसाद न्यैपानेसहितको प्यानलै विजयी भएको थियो भने दमक १० मा गठबन्धनबाट कांग्रेसका राजेन्द्रप्रसाद भण्डारीसहित प्यानलै विजयी भएको थियो ।

वडा नम्बर २ मा भने एमालेका प्रजापति सापकोटा पुनः विजयी भए । उनी २०७४ को स्थानीय तह निर्वाचनमा पनि वडा अध्यक्ष निर्वाचित भएका थिए । गठबन्धनबाट महिला वडा सदस्य बाहेक एमालेका सदस्य विजयी भएका हुन् ।

गठबन्धनतर्फ वडा नम्बर १ मा राप्रपाका तारा अधिकारी र वडा नम्बर २ मा माओवादी केन्द्रका रुद्र कार्की प्रतिस्पर्धामा थिए । वडा नम्बर १० मा भने एमालेका बोधराज न्यैपाने दौडमा थिए । उनी पूर्व वडा अध्यक्षसमेत हुन् ।

दमकमा अब वडाहरु ३, ४, ५, ६, ७, ८ र ९ को गणना गर्न बाँकी छ । अहिले वडा नम्बर ३ को मतगणना चलिरहेको निर्वाचन आयोजले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु