२ जेठ, दमक ।

स्थानीय तह निर्वाचनको अहिलेसम्म प्रप्त मत परणामका आधारमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ ।
१४५ पालिकाको अन्तिम नतिजा आइसक्दा सोमबार अपराह्न ४ बजेसम्म प्राप्त नतिजा अनुसार कांग्रेसले ६२ वटा पालिकामा बाजी मारेको छ ।
कांग्रेसपछि दोस्रो स्थानमा रहेको नेकपा एमालेले ४९ वटा पालिकामा जित निकालेको छ भने नेकपा माओवादी केन्द्रले ३० वटा पालिका जितेर तेस्रो स्थानमा कायम छ ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी)ले २ वटा पालिकामा जित दर्ज गरेको छ भने २ पालिकामा स्वतन्त्र तर्फका उम्मेद्वार विजयी भएका छन् ।
पालिका उप–प्रमुख/उपाध्यक्षमा भने कांग्रेसले ६३ पालिकामा जितेको छ भने एमालेले ४७ पालिकामा जित हात पारेको छ ।
त्यस्तै माओवादी केन्द्रले २२ वटा पालिकामा उप–प्रमुख÷उपाध्यक्षमा जित निकालेको छ भने नेकपा एसले ७ वटामा जितेको छ ।
अहिलसम्म पालिका प्रमुख/अध्यक्षमा जित निकाल्न नसकेको जनता समाजवादी पार्टी (जसपा)ले उप–प्रमुख/उपाध्यक्षतर्फ २ पालिकामा जित दर्ज गरेको छ ।
देशैभरका बाँकी पालिकाहरुमा मत गणना जारी छ ।

