adv

दयाहाङ राईद्वारा ग्यारेज क्याफेको उद्घाटन

कलाकार दयाहांग राई सहित अन्य कलाकारहरू रिवन काटेर क्याफेको उद्घाटन गर्दै 

दमक, २ जेठ। झापाको दमकमा सन्चालित ग्यारेज क्याफेको
औपचारिक रुपमा उद्घाटन  गरिएको छ । आज एक कार्यक्रमका बीच क्याफेको उद्घाटन  चर्चित कलाकार दयाहाङ राईले गरेका हुन् ।

दमक–६ को थानारोडमा रहेको ग्यारेज क्याफे झापाको शिबसताक्षी–११ दुधे निवासी लुका राईले संचालनमा ल्याएका हुन् । एक दशक बढी लामो समय बिदेशबाट फर्केका राईले ग्यारेज क्याफेलाई झापाका अन्य ठाऊँ र नेपालका विभिन्न शहरहरूमा पनि सेवा विस्तार गर्ने र ब्राण्डको रूपमा स्थापित गर्ने वताए ।

उनले भने “ग्यारेज क्याफेलाई एउटा ब्राण्ड बनाउने तयारीमा छु, समयसँगै ग्यारेज क्याफेलाई झापाका विभिन्न ठाँऊहरू र नेपालका शहरहरूमा पुर्याउने योजना छ।”

कलाकार सहिक क्याफेको टिम 

१० जना दक्ष जनशक्तिसहित सञ्चालनमा आएको ग्यारेज क्याफेमा रु ६५ लाख भन्दा बढी लगानी भएको सञ्चालक राईले वताए । आफ्नो व्यवसायलाई अघि बढाउँदै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र युवाहरूले आफ्नो सिपलाई स्वदेशमा प्रयोग गर्ने सन्देश दिनका लागि पनि क्याफे सञ्चालनमा ल्याएको उनले वताए ।

पुराना सवारी साधनका विभिन्न पार्टसलाई सजिसजावट गरेर वनाइको ग्यारेज क्याफेमा कला र प्रकृतिलाई नजिकबाट नियाल्न सकिन्छ ।

उद्घाटनका क्रममा कलाकार दयाहांग राईले कलात्मक सजिसजावट संगै छुट्टै विशेषता रहेको ग्यारेज क्याफेले ग्राहकको मन जित्ने भन्दै व्यवसायिक सफलताको शुभकामना दिएका थिए।

त्यस्तै कवि उपेन्द्र सुब्बाले क्याफेको वजार दिनानुदिन बढ्दै गएको र ग्यारेज क्याफेको सफलताको शुभकामनाका साथ नयाँ पन दिन सकोस भन्दै सुझाव दिएका थिए ।

क्याफेमा कफी पारखिहरूका लागि विभिन्न प्रकारका कफी,फास्टफुड,पेय पदार्थहरू तथा परिकारहरू उपलब्ध छन् ।

उद्घाटन  कार्यक्रममा अभिनेत्री मिरुना मगर, कलाकार बिजय बराल,मणिराम पोखरेल लगायत कदम थिएटरका कलाकारहरुको उपस्थिति रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु