मेचीनगर,२ जेठ ।झापाको मेचीनगर नगरपालिका वडा नंः९ स्थित थोप्लेविराम सामुदायिक बनमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
हात्तीको आक्रमणबाट मेचीनगर:९ स्थित पशुपति टोलका ७० वर्षिय पेना किसाानको मृत्यु भएको छ भने मेचीनगर ९ कै ३८ वर्षिय झुमा भन्ने बसन्ती दनुवार घाइते भएकी छिन् ।
हात्तीको आक्रमणबाट घाइते भएका किसानको उपचारका लागि मेची अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।