adv

बुद्ध भूमि आउन पाउनु सौभाग्य : भारतीय प्रम मोदी

२ जेठ, दमक ।

भारतीय प्रधामन्त्री नरेन्द्र मोलीलाई बुद्ध भूमि लुम्बिनीमा स्वागत गर्दै प्रधानमन्त्री देउवा । फोटो सामाजिक सञ्जालबाट साभार गरिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान् बुद्धको ’पवित्र जन्मस्थल’ आउन पाएकोमा आफू सौभाग्यशाली भएको बताएका छन् ।

सोमबार २५६६औं बुद्ध बुद्ध जयन्तीको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन नेपाल आएका भारतीय प्रधानमनत्री मोदीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको ऊर्जा र चेतनास्तर नै फरक भएको जिकिर गरे ।

सम्बोधनका क्रममा उनले भने –‘जहाँ गौतम बुद्धले जन्म लिएका थिए । यो स्थानको चेतना स्तर र ऊर्जा नै फरक छ ।’

उनले भने –‘चाहे पशुपतिनाथ होस् वा मुक्तिनाथ होस् । वा जनकपुरधाम वा लुम्बिनीमा जब जब नेपाल आउँछु । नेपाल आफ्नो आध्यात्मिक आशीर्वादबाट मलाई कृतार्थ गर्छ ।’

मोदीले भारत सरकारले भारतमा राम मन्दिर बनाइरहँदा नेपालीसमेत खुसी रहेको बताएका छन् । उनले नेपाल बिना भारतका राम समेत अपूर्ण हुने बताएका हुन् ।

उनले भने –‘मैले जनकपुरधामको भ्रमणका क्रममा भनेको थिए नेपालबिना भारतका राम पनि अपूर्ण हुन्छन् ।’

सर्वोच्च शिखर सगरमाथाको समेत चर्चा गरेका मोलीले नेपालले दुनियाँको प्राचीन सभ्यता र संस्कृतिको संरक्षण गरेर राखेको दावी गरे ।

भारतीय प्रधानमन्त्री मोदीको २० मिनेट लामो सम्बोधन भन्दा अघि समारोहलाई सम्बोधन गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका प्रधानमन्त्रीको यस भ्रमणले भगवान बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वभरि थप परिचित पार्न योगदान पु¥याउने विश्वास रहेको बताएका थिए ।

२५६६ औँ बुद्ध जयन्तीको अवसरमा आयोजित समारोह सम्बोधन गर्नुअगाडि दुवै देशका प्रधानमन्त्रीबीच लुम्बिनीमै द्विपक्षीय भेटवार्ता भएको थियो ।

देउवाले भारतीय प्रधानमन्त्री मोदीको सम्मानमा दिवा भोजको आयोजना गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु