adv

जसपाले खोल्यो खिजिदेम्बाबाट खाता : गम्बु शेर्पाले मारे बाजी

२ जेठ, दमक ।

ओखलढुंगाको खिजिदेम्बा गापा अध्यक्षमा विजयी शेर्पा । फोटो साभार : शेर्पाको फेसबुक वालबाट ।

ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा विजय हात पार्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले खाता खोलेको छ ।

जसपाबाट अध्यक्ष पदका उम्मेद्वार गम्बु शेर्पाले २ हजर ८ सय ८२ मत प्राप्त गर्दै जित दर्ज गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुपेन्द्र बस्नेतले २ हजार ७ सय ५२ मत पाए ।

उपाध्यक्षमा कांग्रेसकी सुशीला तामाङ विजयी भएकी छिन् । उनले २ हजार ८ सय २४ मत ल्याउँदा जसपाकी मनकुमारी तामाङले २ हजार २ सय ४१ पाइन् ।

जसपाका प्रदेश सदस्य शेर्पा करिब दुई दशक लामो अमेरिका बसाई अन्त्य गर्दै गाउँको विकासको लागि पूर्णकालीन राजनीतिमा लागेका व्यक्ति हुन् ।

उनी लोकप्रिय गायक तथा संगीतकार पनि हुन् । उनले गत वर्ष मात्रै अमेरिकाको नागरिकता परित्याग गरेका थिए ।

जितपछि शेर्पाले फेसबुकमा लेखेका छन् – ‘मेरो जित हैन, खिजिदेम्बावासी आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरुको जित भएछ । यो जितको लागि सबैमा कृत्यज्ञता व्यक्त गर्दछ,ु धन्यवाद !’

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु