adv

चुलाचुलीमा केरुङ ६ मा कांग्रेसले जित्यो ५ वडा

३ जेठ, दमक ।
इलामको चुलाचुली गाउँपालिकामा लोकप्रिय मतका साथ नेपाली कांग्रेसका उम्मेद्वार राजेन्द्र केरुङ विजयी भएका छन् ।

केरुङले आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका ओमनारायण खनाललाई फराकिलो २ हजार ८ सय ९५ मतले पछि पार्दै चुलाचुलीमा इतिहास रचेका हुन् ।

मत परिणाम सार्वजनिक भएपछि केरुङले आफ्नो फेसबुक वालमा लेखेका छन् – ‘२७ वर्षपछि ईलाम चुलाचुली नेपाली कांग्रेस लाई बिश्वास गरेर बहुमत दिएर मतदान गर्नु हुने सम्पूर्ण चुलाचुली मतदाताहरुमा धन्यवाद । यो जित कुनै पनि पार्टीको नभएर सिङ्गो हामी सबै चुलाचुली नागरिकको जित भएको छ । कस्ले हार्यो… कस्ले जित्यो ..? त्यो समय अब सकियो हामी सबै मिलेर चुलाचुली बनाउने छौं ।’

पालिका अध्यक्षमा निर्वाचित केरुङले ६ हजार ६ सय ५० मत पाए भने एमालेका ओमनारायण खनालले ३ हजार ७ सय ५५ मत पाए ।

पालिका उपाध्यक्षमा भने एमालेकी दिलकुमारी लिम्बू (योङहाङ) ४ हजार ४ सय ५० मतसहित विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शुकबहादुर लावतीले ३ हजार ४ सय ४२ मत पाए ।

पालिका अध्यक्ष र उपाध्यक्ष पदका लागि कांग्रेस र माओवादीका बीच चुनावी तालमेल भएको थियो भने वडाहरुमा दुवै दलका उम्मेद्वार चुनावी मैदानमा आमनेसामने थिए ।

६ वडा रहेको चुलाचुली गाउँपालिकाको पछिल्लो मत परिणामले कांग्रेस शक्तिशाली देखिएको छ । उसले ५ वटा वडामा विजय प्राप्त गरेको छ भने वडा नम्बर १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले बाजी मारेको छ ।

कुन वडा कसले जिते ?

वडा नम्बर १ पूर्ण लावती ७५३ (संलोराम)
वडा नम्बर २ लक्ष्मण श्रेष्ठ ८६७ (नेका)
वडा नम्बर ३ प्रेमकुमार श्रेष्ठ १०९८ (नेका)
वडा नम्बर ४ सागर जबेगू ८२९ (नेका)
वडानम्बर ५ बबिन राई ७०४ (नेका)
वडा नम्बर ६ दिलकुमार राई ८८९ (नेका)

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु