एमाले खुम्चँदै, माओवादी बढ्दै
३ जेठ, दमक ।

मंगलबार बिहान १० बजेसम्मको प्राप्त मत परिणामका आधारमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ ।
२६० पालिकाको नतिजा आउँदा कांग्रेसले अग्रता बढाउँदै ११९ पालिका पुर्याएको हो ।
नेकपा एमाले ७२ पालिकामा प्रमुख÷अध्यक्ष जितेर दोस्रो स्थानमा छ भने ५४ पालिकामा जित दर्ज गर्दै माओवादी केन्द्र तेस्रो स्थानमा छ ।
नेकपा (एकीकृत समाजवादी) ले ४ र जनता समाजवादीले ३ ठाउँमा जित निकालेका छन् भने जनमोर्चा २, नेमकिपा १ र स्वतन्त्रतर्फका ५ उम्मेदवार विजयी भएका छन् ।

