adv

दमक नगर निर्वाचनमा गठबन्धन

माथि मजबुद, वडामा कमजोर

३ जेठ, दमक ।


एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर भएकाले पनि निक्कै चासोका साथ हेरिएको दमक नगरपालिकाको निर्वाचनमा मध्य चरणको गणना चलिरहँदा राप्रपा,–नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्रको गठबन्धन प्रमुख र उप–प्रमुखमा मजबुद देखिए पनि वडामा भने कमजोर हुँदै गएको छ ।

गठबन्धनतर्फका राप्रपाबाट नगर प्रमुख पदका उम्मेद्वार राम थापा र उप–प्रमुख पदका उम्मेद्वार रेगिना भट्टराई प्रसाईंको अग्रता कायमै रहेको छ । तर, हालसम्म मत परिणाम आइसकेका चार वटा वडामध्ये एउटा वडामा मात्रै गठबन्धनका उम्मेद्वार विजयी हुनुले पनि गठबन्धन माथि बलियो भए पनि वडामा कमजोर भएको देखिन्छ ।

दमक वडा नम्बर १, २, ९, १० र वडा नम्बर ३ को २६९९ मत गणना भइसक्दा प्रमुख पदमा थापा ८ हजार २ सय ९९ मत पाएर उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी गीता अधिकारी भन्दा ६२२ ले अघि छन् ।

एमाले उम्मे्वार अधिकारी ७ हजार ६ सय ३७ मत पाएकी छन् । थापा र अधिकारीबीचको मतान्तर बढेको छ ।

उप–प्रमुखकमा गठबन्धनतर्फकी रेगिना भट्टराई प्रसाईं ७ हजार ९ सय १३ मतले अघि छिन् । उनका प्रतिद्वन्द्वी एमाले उम्मेद्वार अम्बिका खनालले ७ हजार ५ सय ७० मत पाएका छन् । प्रसाईं र खनालबीचको मतान्तर ३४३ देखिन्छ । यसअघि करिब ६०० मतान्तर थियो ।

वडा नम्बर ३ को गणनासँगै खनालले मतान्तर घटाएका हुन् । वडा नम्बर ३ एमालेको गण मानिन्छ ।

मंगलबार मध्यान्ह १२ः१० बजेसम्म दमक नगरपाकिलाको १८,६२४ मत (वडा नम्बर ३ को गणना गरिएको मत २६९९ समेत) गणना भइसकेको निर्वाचन अधिकृत केशवप्रसाद पन्तले जानकारी दिए ।

वडा नम्बर १ र ९ मा एमाले प्यानलै विजयी भएको थियो भने वडा नम्बर २ मा एक महिला सदस्य बाहेक एमालेले विजय हात पारेको छ । वडा नम्बर १० मा भने गठबन्धनले जित हात पारेको छ ।

मतगणना कार्य जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ । वडा नम्बर ३ को मत गणना सकेपश्चात वडाहरु ४, ५, ६, ७, ८ को मत गन्न बाँकी रहने छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु