adv

सुन तोलाको ७ सयले बढ्यो

८ जेठ, दमक ।


आइतबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले वृद्धि भएर ९८ हजार कायम भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको हो ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य आइतबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो हप्ता सुरु दिनहरुमा सुनको मूल्यमा केही गिरावट आएको थियो । तर साताको अन्तिम तिर भने मूल्य बढेको थियो ।

आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार २७० रुपैयाँ रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु