८ जेठ, दमक ।

झापाको अर्जुनधारा नगरपालिकाको प्रमुख र उप–प्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेद्वारले बाजी मारेका छन ।
अर्जुनधाराको प्रमुखमा एमालेका बलदेवसिंह गोम्देन तामाङ र उप–प्रमुखमा एमालेकै खड्गमाया पराजुली विजयी भएका हुन् ।
तामाङले आफ्ना निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धका साझा उम्मेदवार नेपाली कांग्रेसकी रञ्जिता कार्कीलाई ५४२६ मतान्तरले पराजित गरे ।
तामाङले १९१६९ मत पाउँदा पराजित कार्कीले १३७४३ मत पाइन् ।
त्यस्तै उप–प्रमुखमा पराजुलीले गठबन्धनतर्फबाट माओवादी केन्द्रका नितेश योञ्जनलाई ४६७२ मतान्तरले पराजित गरिन् ।
निर्वाचित पराजुलीले १३७४३ मत प्राप्त गर्दा योञ्जनले ९०७१ मत पाए ।

