adv

धरानमा हर्क साम्पाङको जित, उप–प्रमुखमा बेघा

८ जेठ,  दमक ।

प्रमुखमा निर्वाचित साम्पा र उप–प्रमुखमा निर्वाचित बेघा ।

धरान उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) र उप–प्रमुखमा नेकपा माओवादी केन्द्रका आइन्द्रबिक्रम बेघा निर्वाचित भएका छन् ।

साम्पाङ आफ्ना निकटम प्रीतद्वन्द्वीलाई ४७६२ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । उनले २०८२१ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनतर्फबाट नेपाली काँग्रेसका उम्मेदवार किशोर राईले १६०५९ मत प्राए ।

उप–प्रमुखमा सत्ता गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार बेघा २०५१० मतसहित निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका पदम इस्बो लिम्बूले १७६०६ मत पाए । लिम्बूलाई बेघाले २९०४ मतान्तरले पराजित गरेका हुन् ।

धरानमा जम्मा ६२८९८ मत खसेको थियो ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु