adv

पालिका उपाध्यक्ष वडा सदस्यमा पराजित

८ जेठ, दमक ।


नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य एवम् कमल गाउँपालिकाका निवर्तमान उपाध्यक्ष वेणु शिवाकोटी कमल ६ को खुला वडा सदस्य निर्वाचनमा पराजित भएका छन् ।

कमल ६ को आइतबार दिउँसो प्राप्त अन्तिम मतपरिणाम अनुसार खुल्ला सदस्यका उम्मेदवार शिवाकोटी ९ मत अन्तरले पराजित भएका हुन् ।

उनी गठबन्धनतर्फका कांग्रेसी उम्मेद्वार ओम पराजुलीसँग पराजित भएका हुन् । पराजुलीले १ ४३५ प्राप्त गरे भने शिवाकोटीले १४२६ मत पाए । शिवाकोटीले २०७४ को स्थानीय तह निर्वाचनमा भने सर्वाधिक मत पाएर पालिका उपाध्यक्षमा जितेका थिए ।

पालिका अध्यक्षका आकांक्षी शिवाकोटीलाई एमालेले जिल्ला समन्वय समितिको अध्यक्ष बनाउने आश्वासनसहित वडा सदस्यमा निर्वाचन लडाएको थियो ।

वडा सदस्यमा पराजित भएसँगै शिवाकोटीको जिससमा जाने बाटो बन्द भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु