adv

कमलमा कांग्रेसका हुकुमसिंहले मारे बाजी

८ जेठ, दमक ।


झापाको कमल गाउँपालिकामा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका हुकुमसिंह राई विजयी भएका छन् । अघिल्लो निर्वाचनमा गोला प्रथामा हारेका राईले यस पटक भने पालिका अध्यक्षमा सहज बाजी मारेका हुन् ।

राईले एमाले उम्मेद्वार भीम राईलाई २९१५ मतान्तरले पाखा लगाएका छन् ।

हुकुमसिंहले १२५६८ मत ल्याएर पालिका अध्यक्ष विजयी भए भने उनका प्रतिद्वन्द्वी एमालेका भीमले ९६५३ मत प्राप्त गरे ।

पालिका उपाध्यक्षमा भने एमालेकी प्रमिला न्यौपानेले बाजी मारेकी छिन् । उनले १०८४५ मत पाएर विजयी भइन् भने गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्रका पर्शुराम सुवेदीले ८३७१ मत मात्र पाए । सुवेदीलाई २४७४ मतान्तरले पाखा लगाउँदै न्यौपानेले जित दर्ज गरिन् ।

७ वटा वडा रहेको कमल गाउँपालिकामा एमाले एक्लैले बहुमत अर्थात ४ वटा वडामा जित निकालेको छ भने ३ वटा वडामा गठबन्धनले जितेको छ ।

कांग्रेसका राई गत २०७४ को स्थानीय तह निर्वाचनमा ८ हजार २७५ मत ल्याएर एमालेकी मेनुका काफ्लेसँग बराबरीमा पुगे पनि गोला प्रथामा पराजित भएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु