adv

गौरीगञ्जमा महिलाले मारे बाजी

८ जेठ, दमक । झापाको गौरिगञ्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिलाले बाजी मारेका छन् ।

गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसकी फुलवती राजवंशी र उपाध्यक्षमा नेकपा एमालेकी पुजन न्यौपाने विजयी भएका हुन् ।

अध्यक्षमा राजवंशीले नेकपा एमालेका उम्मेदवार विजय अग्रवाललाई २३५९ मतान्तरले पराजित गरिन् । राजवंशीले ५६८९ मत पाइन् भने अग्रवाल ३३३० मतमा सीमित भए ।

निवर्तमान गाउँपालिका अध्यक्ष राप्रपाका बाबुराजा श्रेष्ठ भने यस पटकको निर्वाचनमा तेस्रो स्थानमा धकेलिएका छन् । श्रेष्ठले ३३०७ मत मात्र प्राप्त गरे ।

त्यसैगरी गाउँपालिका उपाध्यक्षमा भने एमालेकी न्यौपानेले कांग्रेसका महना महतोलाई ९६० मतान्तरले पछि पार्दै जित दर्ज गरिन् । उनले ४७५५ मत पाएर विजयी भइन् भने महतोले ३७९५ मत मात्र प्राप्त गरे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु